देश

चुनावमा जान डराए गृहमन्त्री थापा, अर्कै उम्मेदवार खोज्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने बेला गृममन्त्री रामबहादुर थापा बादलको चार्म बेग्लै थियो । पुष्पकमल दाहाल प्रचण्डको शेखी झार्न प्रधानमन्त्री केपी ओलीले बादलको सहारा लिएका थिए । तर, दुई महिना नबित्दै बादललाई एमालेमा बस्न सकस भइसकेको छ ।

माओवादी केन्द्रले बादललाई राष्ट्रिय सभा सदस्य पदबाट निलम्बन गरेपछि प्रधानमन्त्रीले उनको स्थानमा उपचुनाव गर्ने निर्णय गरेका थिए । सोही अनुसार जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ । त्यसका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । तर, विपक्षी संयुत्तः गठबन्धनले एमालेका युवा नेता खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि बादलले हार्ने चुनाव नलड्ने भनेर बालुवाटारमा बबाल गरेको बुझिएको छ ।

सोही कारण आज एमालेको स्थायी कमिटी बैठक डाकिएको छ । स्थायी कमिटीले बादलको ठाउँमा अर्को उम्मेदवार खडा गर्ने बुझिएको छ । राजनीतिमा लागेपछि जितहार त हुने नै गर्छ । तर, जित्ने निश्चित नभएसम्म चुनावमा उठ्दिनँ भन्नुको मतलव बादललाई एमालेका जनप्रतिनिधिको मत जाँदैन भन्ने सन्देश पनि दिन खोजिएको छ ।

०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ । संयुक्त गठबन्धनको तर्फबाट भने यो पदमा डा.खिमलाल देवकोटा उम्मेदवारी दर्ता गर्न हेटौंडा पुगिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट