राजनीति

माधव नेपालले भने– ओलीसँग कुनै सहमति भएको छैन

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग कुनै सहमति नभएको बताएका छन् । बिहीबार दिनभर र मध्यरातिसम्मको सघन संवादपछि शुक्रबार बिहानैदेखि ओली र माधव पक्षबीच सहमति भएको, ओलीलाई विश्वासको मत दिने हल्ला सुरु भएको थियो ।

तर, शुक्रबार बिहान नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेपालले २८ फागुनको निर्णय सच्याउँदै पार्टी कमिटीलाई २ जेठ ०७५ को स्थितिमा नल्याएसम्म सहमति नहुने बताएका छन् । उनले आफू वार्ताका लागि लचक हुन तयार रहे पनि आफ्नो बटमलानलाई भने नछोड्ने स्पष्ट पारेका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन, २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ उनले लेखेका छन् ।

ओली र नेपालबीच शुक्रबार थापाथलीस्थित पार्टी कार्यालयमा छलफल हुने बताइएको छ । माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल भने कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *