रिबन

उम्मेदवारी दर्ता गर्न बादल बालुवाटारबाट सीधै हेटौंडा प्रस्थान

काठमाडौं । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा.खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा कांग्रेस, माओवादी केन्द्र तथा माधव नेपाल पक्षका सांसदहरुसहितको उपस्थितिमा देवकोटाको मनोनयन दर्ता गराएका हुन् ।

देवकोटाको उम्मेदवारीमा प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले छन् ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेदवारी दिने भएका छन् । बागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् । यसअघि उनले उम्मेदवारी नदिने चर्चा चलेको थियो । हार्ने निर्वाचन नलड्ने उनले बताउँदै आएका थिए ।

उम्मेदवार टुंगो लगाउनुअघि आज एमाले अध्यक्ष केपी ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन नेता बादल बालुवाटारबाट सीधै हेटौंडा प्रस्थान गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट