समाचार

कोरोनाबाट चितवनमा पाँचको मृत्यु

चितवन । कोरोना भाइरसको दोस्रो लहर नेपालमा भयावह बन्दै गएको छ । मृत्यु र संक्रमित दर बढ्दै गएको छ ।

यसैक्रममा चितवनका दुई मेडिकल कलेजमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका छन् ।

भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुषको आज बिहान ४ः०० बजे मृत्यु भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान २ः१० बजे मृत्यु भएको हो । उनी निमोनियाबाट ग्रस्त थिए ।
कावासोती नगरपालिका–२ का ५८ वर्षीय पुरुषको बिहीबार राति १२ः४० बजे मृत्यु भएको हो ।

कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ः०० बजे मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट