समाचार

प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित एक सयजनाभन्दा बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बालुवाटारमा नियमित बस्ने मन्त्रिपरिषद् बैठक र एमाले बैठकमा सहभागीहरूलाई धमाधम कोरोना संक्रमण भइरहेको छ । कन्ट्याक ट्रेसिङमा परे पनि ओलीले अहिलेसम्म पिसिआर परीक्षण गराएका थिएनन् । वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेकाले प्रधानमन्त्रीले आज पिसिआर परीक्षणका लागि स्वाब दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *