शिक्षा / स्वास्थ्य

१४ सांसदसहित ६५ जनामा कोरोना पुष्टि

काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणमा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको हो । वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएको थियो । स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *