शिक्षा / स्वास्थ्य

रुसले बनायो एक डोज लगाए पुग्ने कोरोना खोप

लन्डन । कोरोनाविरुद्धको सिंगल डोज खोप बनाउन सफलता पाएको छ । खोपको नाम स्पुतनिक लाइट हो र यो ७९.४ प्रतिशत प्रभावकारी छ । युरोप र अमेरिकाबाहेक सबैतिर उपलब्ध अनि गामालेया रिसर्च इन्स्टिच्युटले बनाएको स्पुतनिक खोपकै परिवार अन्तर्गत यो खोप पनि आएको समाचार संस्था सीएनबीसीले उल्लेख गरेको छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले यसमा लगानी गरेको हो । फन्डका सीईओ किरिल दिमित्रिएभले यो खोप १० डलरभन्दा पनि कम मूल्यमा उपलब्ध हुने बताए । यस खोपको तेस्रो चरणको परीक्षणमा ७ हजारजनालाई समावेश गरिएको थियो । परीक्षण रुस, यूएई र घानामा भएको हो । २८ दिनपछि यसको डेटा विश्लेषण गरिएको थियो ।

यसले भाइरसका सबै स्ट्रेनमा प्रभावकारी उपचार गरेको पाइएको छ । अन्य डबल डोज खोपभन्दा यो खोप बढी असरदार रहेको भेटिएको छ । यो खोप लगाएकाहरूमा १० दिनपछि नै एन्टीबडीहरू ४० गुणासम्म बढेको थियो ।

खोप लगाउने सबैमा कोरोनाभाइरसको एस–प्रोटीनविरुद्ध इम्युन रेस्पोन्स विकसित भयो । यो सिंगल डोज खोप भएकाले धेरै जनसंख्या भएका मुलुकमा खोप लगाउने दर बढाउन सकिन्छ ।

स्पुतनिक लाइटलाई २ देखि ८ डिग्री टेम्परेचरमा स्टोर गर्न सकिन्छ । यसलाई सहजै जुन ठाउँ पनि लग्न सकिन्छ । कोरोना संक्रमण भइसकेकाहरूलाई पनि यो खोप लगाउन मिल्छ । खोप लगाएकाहरूलाई संक्रमण भइहालेमा गम्भीर समस्या आउँदैन, अस्पताल भर्ना हुन पर्दैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *