कला/साहित्य

पुष्कर लोहनीका ९ कटौता


१,
हरियो थोपा
बाधौं मनलाई नै
आँखा भित्र खसाल्दै ।
२,
आफैं उम्लिन्छ
आफैंले तताएर
आफैं ओरालो खोज्छ ।
३,
सम्झिए पुग्छ
मनले फुलाउँदा
फक्रिदै टाँसिहाल्छ ।
४,
आफ्नै विश्वास
तातेको आगो बल्छ
लामो हात पसार्दै ।
५.
लोभी आँखा
मन नै पात्तिएको
बैंस लरबरिँदा ।
६,
पानीको फोका
कस्सिएको भकारी
निधाउरो इनार ।
७,
हरियो बाँस
अग्लिंदै बाँस
पलाएछ भाँच्चिदै ।
८,
भिजेको कोठा
खुइलिएको रङ
पुरानो पेटिकोट ।
९,
आगोले पोल्दा
ठुस्सिएको दाउरा
धूवाँले आँखा छोप्दा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *