कला/साहित्य

बुसोकुसेकिका कविता


१,
गौरव मान्दै
आननन्द नाघ्न खोज्दा
चिप्लँदै आफै
मुर्ख भई बस्दामा
पहिचान गुमेको
अनुभूति उडेको ।
२,
चर्केको ऐना
हेर्दै आफै तर्सेको
आपत खेप्दै
लुक्दै हेर्दै बसेको
मन दु:खेको बेला
झार्दै आँसुको बर्षा ।
३,
नाता गाँसेको
साक्षी अग्नि राखेर
बनाएँ आफ्ना
समयको खेलमा
भड्किएको विश्वास
मन बन्यो खरानी ।
४,
आँखा लागेर
मायाको थुप्रोमाथि
हामफालेको
आनन्द खोज्दाखोज्दै
एक्लिएर हिँडेको
टोल्याउने अवस्था ।
५,
शङ्कालु मन
पीडाले जिस्क्याउँदा
मनमा आगो
अत्तालिएको बेला
समालिन नसक्दा
मायाप्रेम टाढिन्छ ।
६,
अगाडि बढेको
अँध्यारो परिवेश
खुम्चेको मन
समस्याको पहाड
मन खुम्चिँदै थाक्दा
अल्झिएछ छायामा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *