कला/साहित्य

मेरोपन नहराऊन् देखासिकीमा

मेरो भाषा टाक्सिएको छ अहिले
किन फेरिंदैछन् धमाधम
आमाबुबा र आफन्तका सम्बोधनहरू ?
धेरैचोटि खुम्चिरहेछ मेरो भूगोल र देशको अनुहार
ओझेलमा परिरहेछ मेरो देशको धाम र धर्म
माया नपलाएर निस्ताइरहेछ अतीत र इतिहास
मेरो कलाकृति, संस्कृति र कर्म
जिब्रो टोक्तै अलपत्र परेर
पचाइरहेछ लाजसर्म
निन्याउरो निदाउरो लाग्छ मेरो नौमती
अधुरो मधुरो छ मेरो मादलु, मुर्चुङ्गा र मुरलीको धुन
ननिस्ताऊन् मेरा मारुनी, देउडा, बालन र भैलेनीहरू
नअस्ताऊन् मेरा आमा हजुरआमाका
गुन्यु चोली, पछ्यौरी र पटुकीहरू
नसुस्ताऊन् मेरा बराजुका पालादेखिका
दौरा, सुरुवाल र ढाकाटोपीहरू
नहराऊन् देखासिकीमा रम्रमाएर
बान्की मिलेका मेरा चेलीबेटीका चुरा–पोते र तिल्लरीहरू
मेरो समाजका धोती, लबेदा र कार्चोपीहरू ।

*                        *                      *
पदम दाहाल,मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट