देश

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । सामान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । कुनै कुनै अतिआवश्यक निर्णय गर्न मात्र अरु दिन पनि मन्त्रिपरिषद् बैठक बोलाउने गरिन्छ । तर, प्रधानमन्त्री भएयता केपी ओलीले जुन बेला मन लाग्यो त्यही बेला मन्त्रिपरिषद् बैठक बोलाएर आफूलाई मन लागेको निर्णय गराउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले आज पनि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाइएको छ । तर बैठकका एजेण्डा बारे केही खुलाइएको छैन । आकस्मिक रूपमा सार्वजनिक बिदाका दिन मन्त्रिपरिषद् बैठक बोलाइएपछि मन्त्रीहरू नै आश्चर्यमा परेका छन् । उनीहरूले ओलीले केही महत्वपूर्ण निर्णय गर्न लागेको आशंका गरेका छन् ।

ओलीले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका छन् । बैठकमा विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समेत संवैधानिक परिषद्को बैठक डाकेर संवैधानिक निकायमा अध्यादेशमार्फत नियुक्ति नगर्न ओलीलाई चेतावनी दिइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट