समाचार

कांग्रेसका पार्टी कार्यालय धमाधम आइसोलेसन केन्द्रमा परिणत हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो सक्रियता बढाएको छ ।
प्रधानमन्त्री केपी ओली कोरोनाविरुद्धको खोप कमिसनमा मुछिएका बेला कांग्रेसले धमाधम आफ्नो जिल्ला पार्टी कार्यालय भवन आइसोलेसन केन्द्रमा परिणत गर्ने निर्णय गरेको हो ।

नुवाकोटबाट सुरु भएको यो अभियान पर्वत, सुनसरी, स्याङ्जा हुँदै अन्य जिल्लामा विस्तार भइरहेको छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आफूले चढेको सरकारी सवारीसमेत एम्बुलेन्समा परिणत गरेका छन् ।

कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले पार्टी कार्यालयलाई आइसोलेसन केन्द्र बनाउन इनरवा नगरपालिकालाई हस्तान्तरण गरेका छन् । इनरवाका नगर प्रमुख र उप्रप्रमुख जो कांग्रेसबाट निर्वाचित हुन्, उनीहरूले आफूले चढ्ने गाडी एम्बुलेन्समा परिणत गरेका छन् ।

यस्तै, कांग्रेसका युवा नेता गगन थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ मा होम आइसोलेसन सुविधा ल्याएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरूलाई घरघरमै पुगेर निःशुल्क परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *