मनोरञ्जन

गायक बिमल र धुर्बको देव लक्ष्मी सार्वजनिक


काठमाडौँ । गायक बिमल खड्का र धुर्ब न्यौपाने को वियोगान्त कथा बोकेको बास्तविक घटना मा आधारित् लोक गीत देव लक्ष्मी डि ए आर मुभीज एंड फिल्म्स ई प्रा.लि.को आफिसिल च्यानल मार्फत सार्वजनिक भएको छ ।

गायक बिमल खड्का नेपाली सेना मा कार्यारत् छन् उनको खाली समयको साथि बनेको लोक गीत संगीत लाइ उनि आफ्नो अर्को परिचय बनाउन चाहने बताएका छन् यस गीतपछि निरन्तर अन्य गीतहरु पनि बजारमा लेराउने तयारी रहेको पनि जनाए।  

लय शब्द धुर्ब न्यौपाने को रहेका गितमा स्वर बिमल खड्का र धुर्ब न्यौपाने दुवै को रहेको छ, साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा बिमल खड्का स्वयंको अभिनय रहेको छ र मोडल सपना खड्काले साथ दिएकी छन । छायांकन मधुर बस्नेत, सम्पादन कृष्ण गौतमको रहेको छ, भने गितको अडियो रेकर्ड एक्शन स्टुडियो नेपाल अनामनगर मा भएको हो, गीतको संगीत निर्देशन प्रभावन जेको रहेको छ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *