शिक्षा / स्वास्थ्य

तत्काल अक्सिजनको आपूर्ति र अस्पताल बेडको व्यवस्था गर्न कांग्रेस सहमहामन्त्री डा. महतको माग

नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न सरकारसँग माग गरेका छन । डा. महतले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका हुन । अक्सिजनको कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न डा. महतको सरकारसंग माग छ ।

डा.महतले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न पनि सरकारको ध्यानकर्षण गराएका छन । डा. महतद्वारा जारी वक्तव्यमा भनिएको छ कोभिड–१९ का विरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहेका छन् । अर्कोतिर काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ । यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सृजना भएको छ । यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन् । काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।

सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा महतको आरोप छ । डा.महतले भनेका छन सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ न अक्सिजनको समुचित आपूर्ति सकेको छ ।

नेपाली कांग्रेस आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न डा. महतले माग गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *