रिबन

ओलीलाई विश्वसको मत नदिने कांग्रेस संसदीय दलको निर्णय,ओली सत्ता संकटमा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकले अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

संसदबाट बैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि आन्तरिक छलफलका लागि बसेको कांग्रेस संसदीय दलको बैठकले अहिले अविश्वासको प्रस्ताव नल्याउने र विश्वासको मतको विपक्षमा मतदान गरेर ओलीलाई असफल बनाउने निर्णय लिएको हो । पूर्ण रुपमा असफल भएको ​ओली सरकारलाई विश्वसको मत नदिएर असफल बनाई आफ्नै नेतृत्वमा बैकल्पिक सरकार बनाउने गृहकार्यमा कांग्रेस जुटेको छ ।

दलको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा नजाने र अरुलाई पनि परिषद्को बैठकमा सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *