समाचार

ओलीले सहमतिकाे ढोका बन्द गरेपछि नेपाल पक्ष राजीनाकाे माेडमा

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । नागरिक दैनिकले ओलीले ढोका बन्द गरे नेपाल पक्षको राजीनामा
शिर्षकमा समाचार छापेको छ । एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।

अन्नपूर्ण पोस्ट्ले वीरको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णयलाई मुख्य खबर बनाएको छ । भने यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद शिर्षकमा कोरोना पोजेटिभ आएका २६ सांसद्को नामावली दिएको छ । पोजेटिभ रिपोर्ट आएका २६ सांसदमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, मायादेवी न्यौपाने , पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण, महेश बस्नेत लगायतका छन् । गोरखापत्र दैनिकले उपत्यकाका अस्पतालमा अक्सिजन अभाव शिर्षकमा समाचार छापेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हुँदैन । यो खबरलाई अस्पतालमा अक्सिजन र शैय्या छैन शिर्षकमा नेपालसमाचार पत्रले पनि छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *