ताजा समाचार

ओली टसमस नभएपछि सामुहिक राजिनाबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।

यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालले बताए ।

नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न आज नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ। संम्भवत आजै नेपाल पक्षका सबै सांसद्हरुको राजिनामा आउँदै । भोलि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिँदै छन् र त्यसलाई असफल बनाउनको लागि नेपाल पक्ष आजैै सामुहिक राजिनामा दिने तयारीमा जुटेको छ । प्रधानमन्त्री ओलीलाइ हटाएर कांग्रेसकाे नेतृत्वमा सरकार बनाउने तयारीमा प्रमुख विपक्षी दल लागेका छन् । यसैबीच शनिबारै बसेकाे कांग्रेस पदाधिकारी बैठकले अाेलीलाइ विश्वासकाे मत नदिने निर्णय गरिसकेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *