रिबन

मध्यरातमा माधवकुमारले ओलीलाई लेखेको पत्रमा के छ ? (पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने अघिल्लो दिन अर्थात शनिबार राति एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई पत्र लेखेका छन् ।
आइतबार पटक पटक गम्भीर छलफल गर्दा पनि ओली अडानबाट पछि हट्ने छाँट नदेखाएपछि माधव पक्षका सांस्द्ले राजिनामा दिने तयारी गरेका थिए । राजिनामाको लागि हस्ताक्षरसमेत संकलन गरेर नेता नेपाललाई बुझाएका थिए । अन्तमा पार्टी अध्यक्ष ओली सहमतिमा नआएको भन्दै प्रतिनिधिसभा सदस्यबाट सामूहिक राजीनामा दिने प्रयोजनका लागि बसेको भए पनि थप १३ घण्टा बाटो हेर्ने अल्टिमेटम लम्ब्याएको थियो ।
शनिबारकाे बैठकपछि नेता माधवकुमार नेपालले अध्यक्ष ओलीलाई सम्बोधन गरेर पत्र पठाएका छन् ।
“तपाईंले प्रतिनिधि सभामा वैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नुभएको छ । यस्तो विषयमा समेत तपाईंले पार्टीभन्दा बाहिर समर्थनको लागि अनुनय, विनय गर्नुभयो भने पार्टीमा आफ्नो गुटबाहेकको पंक्तिप्रति शत्रुवत् व्यवहार देखाइरहनु भएको छ । तपाईंले वार्ता गर्ने वा पार्टी एकता गर्ने भनेर आफू निकट व्यक्तिहरूलाई खटाएझै गर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार र विद्वेषपूर्ण वक्तव्यबाट छर्लङ्ग हुन्छ । वक्तव्यमा तपाईंले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरूमा पर्दा हाल्न अरूमाथि प्रहार गर्नुभएको छ । यस्तो स्थितिमा निम्नलिखित कुराहरूको आधारमा मात्र तपाईंले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्नसकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं,” नेता नेपालले ६ बुँदे शर्त अघि सारेका छन् ।

हेर्नुस् पत्रकाे व्याहाेरा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *