समाचार

सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायत छुट्टै छलफलमा, ओलीलाई विश्वासको मत दिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने प्रक्रियामा अनुपस्थित हुने माधवकुमार नेपाल पक्षको निर्णयप्रति सोही समूहका केही सांसदले असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार बिहान बसेको माधव पक्षको भेलाले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

तर, सो निर्णयप्रति आपत्ति जनाउँदै सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेताले असन्तुष्टि जनाउँदै छुट्टै छलफल थालेका छन् । स्रोतका अनुसार पाण्डे, भुसाल, भट्टराई, विष्ट, पहाडीलगायतले ओलीलाई विश्वासको मत दिने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले अन्तिम समयमा आएर अनुचित निर्णय नलिन आग्रह गर्दै विश्वासको मत दिन भनेकाले पनि योगेश, सुरेन्द्रलगायतले विश्वासको मत दिनुपर्ने गरी माधव पक्षभित्र लबिङ गरेका थिए । तर, उनीहरूको प्रस्ताव अल्पमतमा परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *