अर्थ

सुनको मुल्य उकालो लाग्ने क्रम जारी, आजको मुल्य कति ?

काठमाडौ ।केही दिनदेखी लगातार उकालो लागेको सुनको मूल्यमा उकालो लाग्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोला २०० रुपैयाँले वृद्धि भई
नेपाली बजारमा सुनको मूल्य अधिकतम ९२ हजार रुपैयाँ कारोबार भएको छ ।त्यस्तै, आज सोमबार
तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा आइतबार र आइतबारको तुलनामा सोमबार अधिकतम १५ रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार गत आइतबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला १५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *