समाचार

संसद् बैठक सुरु : प्रधानमन्त्रीले विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदै

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । त्यसअघि सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । सभामुख सापकोटाले सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

संसदमा प्रधानमन्त्री केपी ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ । अब बस्ने बैठकमा नेताहरुले बोल्नेछन् । अनि विश्वासको मतमा मत विभाजन हुनेछ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि १३६ सांसद चाहिन्छ । तर, एमालेकै माधव नेपाल पक्षले मतदान प्रक्रियामा अनुपस्थित हुने निर्णय गरेको र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले तठस्थ बस्ने निर्णय गरेकाले ओलीले विश्वासको मत हासिल नगर्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *