समाचार

काठमाडौंमा १५ दिन लकडाउन थप गर्ने निर्णय

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

निर्णयहरुः

१. काठमाडौं उपत्यकामा तिन रुपले बढ्दै गईरहेको नया मेरियन्ट कोभिड १९ को संक्रमण नियन्त्रण गर्नसामाजिक दुरी कायम गर्नुका साथै मानिसको आवात जवातलाई घटाउन गर्न १५ दिनका लागिनिषेधाज्ञालाई कडी कडाईका साथ लागु गर्न थप आदेश जारी गर्ने ।

२. उपत्यकाका विभिन्न अस्पतालमा कोभिड-१९ का विरामीको चाप संगै अक्सिजन दिनु पर्ने विरामीहरुको संख्यामा दिनानुदिन वृद्धि हुदै गएकोले विरामीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने सम्बन्धमा देहाय बमोजिमको व्यवस्था लागु गर्ने ।

क) प्रत्येक पालिकाले गरेको सिफारिस अनुसार विरामीको संख्या र अस्पतालको आवश्यकताका आधारमाअक्सिजन सिलिण्डर उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने।

ख) काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त संचालनमा ल्याउनका लागिनेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने ।

३. काठमाडौं उपत्यकाका प्रत्येक स्थानीय तहमा कोभिड १९ का संक्रमित विरामीको रोकथाम, नियन्त्रण उपचारको व्यवस्थापनका लागि देहाय बमोजिमको व्यवस्था गर्ने गराउने क) पालिकागत/वडागत रुपमा व्यापक रुपमा जनचेतना फैलाउने । ख) कोभिड १९ चेक जाँचका लागि आवश्यक मात्रामा परिक्षण किट माग गर्ने, संक्रमितलाई आवश्यकसहयोग गर्ने र अपठेरोमा परेमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने ।
ग) कोभिड १९ को प्रभावकारी व्यवस्थापन गर्न आकस्मिक कार्य गर्न दूत प्रतिकार्य समूह ( Rapid -nepalpreResponse Team) गठन गरी तयारी अवस्थामा राख्ने ।


४. हाल सम्ममा काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाबाट गरिएको Testing र Contract Tracingलाई थप प्रभावकारी वनाउन दायरा र क्षमता बढाउन त्यसका लागि महा/नगरपालिकालाई चाहिने आवश्यक प्राविधिक सहयोग लगायतका सेवा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट उपलब्धगराउन लेखी पठाउने ।

५. कतिपय निजी अस्पतालहरुले कोभिड १९ को विरामीको उपचारको खर्च अस्वाभाविक रुपमा लिएको
भन्ने गुनासो आएकाले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्बद्ध निकायकापदाधिकारीहरु रहने गरी अनुगमन टोली परिचालन गर्ने ।

६. काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप ( Vero cell ) संचालनका सम्बन्धमा सवै वडा कार्यालयमा १ हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी भिडभाड हुन नदिने व्यवस्था गरी जेष्ठ २ गते देखी कार्य संचालन गर्नका लागि सम्बन्धित निकायलाई लेखी पठाउने सो सो कार्यका लागि सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *