समाचार

कोरोनाबाट मृत्यु हुनेको ग्राफ ह्वातै बढ्यो, एकै दिन १ सय ३९ जनाको मुत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टामा थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ६०७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ७७५ जना, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जना थपिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *