समाचार

७६(२) बमोजिम बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको अविश्वासको प्रस्ताव अस्वीकृत भए लगत्तै राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई व दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई बैशाख ३० गते साझ ९ बजेभित्र प्रधानमन्त्रीको दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *