अर्थ

शेयर बजारमा हरियाली, कारोवार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज साताको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दुमा पुगेको छ भने ५ अर्ब ८१ करोड ६ लाख बराबरको कारोबार भएको छ ।

मंगलवार नेप्से परिसूचक २ हजार ६७३ दशमलव ३१ विन्दुमा पुगेको छ । यो दिन अघिल्लो कारोबार दिन सोमवारको तुलनामा परिसूचक १ दशमलव ०४ प्रतिशत अर्थात २७ दशमलव ४७ अंक बढेको हो । सोमवार २ हजार ६४५ दशमलव ८५ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ६४७ दशमलव ४८ विन्दुदेखि खुला भएको हो । यस दिन बजार २ हजार ६८० दशमलव १९ विन्दुसम्म पुगेको थियो ।

सोमवार ४ अर्ब २० करोड ३८ लाख ३२ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलवार ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त रकम बराबरको २२० कम्पनीको ६२ हजार ६५९ पटकको व्यापारमा १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर कारोबार भएको हो ।

आज कारोबार भएका सबै समूहमा हरियाली छाएका छन् भने सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बोटलर्स नेपाल, रु रु जलविद्युत परियोजना, युनाईटेड मोदी हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *