बागमती प्रदेश

आफ्नाे गाडी विरामी बाेक्न दिने घोषणा गरेका पूर्वमन्त्री बस्नेत भन्छन् ‘असल कामको थालनी आफैबाट हुनुपर्दछ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले आफूले प्रयोग गर्दै आएको निजि एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने भएका छन । आफूले प्रयोग गर्दै आएको गाडी पूर्वमन्त्री बस्नेतले कोरोना भाइरस र अन्य रोगका विरामीहरुलाई अस्पताल पुर्याउन एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन । कोरोना भाइरसको माहामारी नियन्त्रणमा राज्य चुकेको अवस्थामा खेलकुद विभाग प्रमुखसमेत रहेका नेता बस्नेतले महामारीबाट सिन्धुबासीलाई बचाउन व्यक्तिग रुपमा उक्त निर्णय लिएका हुन । पूर्वमन्त्री बस्नेतले मंगलबार सझ आफ्नो आधिकारीक फेसबुक पेजमार्फत निर्णय सार्वजनिक गरेका हुन । यसै गरी सिन्धुपाल्चोकमा निःशुल्क कोभिड १९ सेवा केन्द्र संचालन गर्ने पूर्वमन्त्री बस्नेतले घोषणा समेत गरेका छन

सदैब निश्वार्थ सिन्धुपाल्चोकबासीको सेवामा समर्पित रहदै आएका पूर्व मन्त्री बस्नेतले भनेका छन “म संग भएको एउटा गाडी (जीप) सिंधुपाल्चोक जिल्लामा कोभीड–१९ या अन्य रोग लागेका विरामीहरूलाई अस्पताल पुर्याउन दिने निर्णय गरेको छु । जुन गाडी आफुले फिर्ता नलिने गरी दिने हो। कोभीड–१९ को महामारीलाई ध्यानमा राखी १ वर्ष सम्म सवारी चालकको तलब, भत्ता, गाड़ीको फ्युल (डिजेल) समेतको ब्यबस्था गरिने छु । विरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन । एउटा संचालक समिति बनाएर यी सबैको ब्याबस्था गरिने छ । यथासीघ्र गाडी हस्तान्तरण गरि सेवा सुचारु हुनेछ ”।

पूर्वमन्त्री बस्नेतले भनेका छन “स्मरण रहोस, सिंधुपाल्चोक जिल्ला, बारह्बिसे नगरपालिका वडा नं ९ राम्चे निवासी साबित्री तिमिल्सिना चालिसे नेपालकै पहिलो कोरोना संक्रमणवाट मृत्यु भएकी ब्यक्ति हुन्। त्यो पनि गाडी र उपचारको ब्यबस्था समयमा नपाएर। निजको ९ दिनको नवजात शिसुलाई पौस्टीक आहार ब्यबस्था गर्न मैले धुलीखेल अस्पतालमा नै गएर रु १,००,००० ।- (एक लाख) निजको अभिभावकलाई जिम्मा दिएको थिए। जुन बच्चाको पठनपाठन र भबिस्यमा रोजगारीको जÞिम्मा पनि लिएको छु ” ।

यसको अतिरिक्त कोभिड–१९ को संक्रमणवाट विरामीहरुको संख्या वृद्धि भएको र मृत्यु दर हेर्दा अब सुबिधा सम्पन्न उपचार केन्द्रहरु जिल्ला–जिल्लामा ब्यबस्था गर्न किमार्थ ढीला गर्न नहुने नेता बस्नेतले बताएका छन । संक्रमण सुरू भएकाे १ बर्ष नाघ्दा पनि सरकारको रोग नियंत्रण गर्ने कार्य योजना, अस्पतालहरू निर्माण, आवश्यक उपकरण खरिद, स्वास्थकर्मीहरूको उचित ब्यबस्थापन, भ्याकसीन भित्राउने कार्य सबै निराशाजनक देखियो । सिंन्धुपाल्चोक पनि कोरोनाको हटस्पट बन्दै छ पूर्वमन्त्री बस्नेतले भनेका छन “ हामीले सिंन्धुपाल्चोक जिल्लामा सामजसेवी, बुध्दिजीवी, ब्याबसायी र केही स्थानीय निकायका जन प्रतिनिधिहरुसंग छलफल गरी एक महिना भित्रमा नै सेवा संचालन गर्ने गरी कम्तिमा १०० (एकसय) वेडको निःशुल्क कोभीड–१९ सेवा केन्द्र सिंन्धुपाल्चोक स्थापना गर्ने छाै। जुन सेवा केन्द्रमा अक्सीजन र भेन्टिलेटरको ब्यबस्था हुने छ। निकट भबिष्यमा पी. सी. आर. मेसीन पनि राखिने छ। भबिष्यमा कोभिड–१९ रोग नियंत्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियंत्रण केन्द्र को रूपमा रूपान्तरण हुने छ। विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया सुरुभएपछि गराउनेछु ” ।

पूर्वमन्त्री बस्नेतको अग्रसरतामा जुरेको पहिरो, महाभुकम्प अन्य बाढ़ी पहिरो र पहिलो चरणको कोभिड–१९ संक्रमणको बेला पनि पिडीतहरुले सहयोग पाएका थिए । सिंन्धुपाल्चोकका एस. एल. सी परीक्षा दिने हजारौ विद्यार्थीहरूलाई २०४१ सालवाट निरन्तर ३२ (वत्तिस) वर्ष सम्म निःशुक्ल कोचिन्गÞ कक्षा पढ़ाउने काम पनि गरेका पनि पूर्वमन्त्री बस्नेतले गरेका थिए । अहिले पनि वाढी पहिरोमा परी अविभावक गुमाएका, अभिभावकले नहेरेका बच्चाहरुलाई काठमाण्डौको निजी क्याम्पसहरूमा पूर्वमन्त्री बस्नेतले पढ़ाई रहेका छन ।

पूर्वमन्त्री बस्नेतले भनेका छन “ अब जनस्तरवाटै पनि केही गर्नै पर्दछ । गाऊँ–गाऊँ, वस्ती–वस्ती (स्वदेशमा रहेका हौ, वा विदेशमा) बाट सहयोगी मनहरू जुर्मुर्याउन जरूरी छ । हामीहरुले पहिलो चरणको कोरोना संक्रमणवाट दिदीवहिनी दाजु भाईहरुलाई जोगाउन आफ्ना साथीभाईहरुको सहयोग लिएर १ वर्षसम्मसक्रिय भएर काम गर्यौ। सरकारी पक्षवाट पटक पटक वाधा विरोध र हस्तछेप हुदा पनि हाम्रा साथीहरु उच्च मनोबलका साथ आफ्नो ज्यान जोखिममा राखेर खट्नु भयो । स्वदेशमा रहनु भएका र विदेशमा रहनु भएका नेपालीहरूले सामाजिक संजाल मार्फÞत हामीलाई कामको प्रसंसा गरेर अझ उत्साहित गराउनु भयो । धन्यवाद दिन चाहन्छु सबैलाई ”।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *