देश

कोरोनाले अभिनेत्री श्वेता भट्टराईका पति मिलनको निधन

काठमाडौं । अभिनेत्री श्वेता भट्टराईमाथि ठूलो बज्रपात परेको छ । कोरोना भाइरसले उनका पनि मिलन सापकोटाको निधन भएको छ ।

उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा मिलनको निधन भएको हो । उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मिलन र श्वेताले सात वर्ष अगाडि लभ म्यारिज गरेका थिए । चलचित्रमा काम गर्दागर्दै बैबाहिक जीवनमा बाँधिएपछि श्वेता चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन् ।

उनले ‘रिदम, ‘ब्ल्याकमेल, ‘प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निभाएकी थिइन् । बिहे गरेपछि प्रायः समय उनी विदेशतिरै बस्ने गर्थिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *