शिक्षा / स्वास्थ्य

चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण (शुल्क विवरणसहित)

काठमाडौ । उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७र७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।

आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको जनाएको छ। आयोगको २०७७ माघ ९ गतेको निर्णयलाई नै यथावत रहेको सूचना जारी गर्दै जानकारी दिएको हो ।
शुल्क हेर्नुहोस्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *