समाचार

कोटाअनुसार अक्सिजन उपलब्ध भएन, अकल्पनीय घटना हुन सक्ने : नर्भिक अस्पताल (बिज्ञप्तीसहित )

काठमाडौं ।नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजनको अभाव चरम बन्दै गएको र सरकारले तोकेको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन नसकेको जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पताका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले असहज अवस्था भएता पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस भनि आफूहरु प्रयत्नशील भएपनि अक्सिजनको अभाव चरम बन्दै गएको जनाएका छन्।

अस्पतालले राज्यको अनुदार नीतिका कारण थप समस्या आएको भन्दै यस्तै अवस्था रहे अकल्पनीय घटना घट्न सक्ने अनुमान गरेको छ। ‘राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन। यो अवस्था यसै गरि जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ’अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन नदिने भन्दै अस्पतालले स्थिति काबु बाहिर नजाओस भनि प्रयत्नशील रहेको बताएको छ ।

बिज्ञप्ती

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *