समाचार

गण्डकी प्रदेशमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पत्र पेश ( पत्रसहित )

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले चार दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्न मागसहित
गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पत्र दर्ता गरेका छन्।

नेपाललीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले आज अपरान्ह बहुमतको दावीसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पत्र दर्ता गरेका हुन्।

पत्रमा , नेपालको संबिधानको धारा १६८ को उपधारा २ अनुसार गण्डकी प्रदेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु १५ प्रदेश सभा सदस्य रहेको नेपाली काग्रेश,१२ सभामुख सहितको नेकपा माओवादी,केन्द्र, ३ सदस्य रहेको जनमार्चा,२ सभा सदस्य रहेको जनता समाजबादी पार्टीको समर्थनमा म कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन रहेको हुदा नेपाललको संबिधानको धारा १६८ को उपधारा २ अनुसार मलाई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्न हुन प्रदेश प्रमुख ज्यू संग सादर अनुरोध गर्दछु , लेखिएको छ ।

पत्र हेर्नुहोस्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *