गण्डकी प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त भएका छन । प्रदेशसभामा विपक्षी दलको समर्थन रहेको दावी सहित नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पेश गरेकाे दावी नपुग्ने भन्दै प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन ।

प्रदेश प्रमुखको कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो । प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा दुई वा दुईभन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार ठूलो दलको संसदीय दलको नेतालाई प्रदेशप्रमुख नियुक्त गर्ने प्रवाधान छ ।

संसदीय दलका नेता कृष्ण थापा र अर्का संसद खिमबिक्रम शाहीले आफुहरु कुनै पनि गठबन्धनमा नरहेको भन्दै विज्ञप्ति निकालेपछि बहुमत दावी नपुगेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन। शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *