विचार

काेराेना महामारीकाे कहरमा आसन्न कांग्रेस महाधिवेशन

बहत्तर सालमा भएको महाधिवेशन पश्चात् कांग्रेसको विधानअनुसार चार वर्षभित्र अर्को महाधिवेशन भइसक्नु पर्थ्यो । कोरोनाका कारण क्रियाशील सदस्यताको काम प्रभावित भयो भन्दै कांग्रेसले महाधिवेशन कार्यतालिकालाई आंशिक संशोधन पनि गर्यो। विविध कारणले त्यो गर्न नसकिएको भन्दै गत वर्ष पौषमा विधानबमोजिम एक वर्ष थपिएको अनि यही फागुनमा अर्को महाधिवेशन गर्ने भनिएको थियो। समयमा महाधिवेशन गर्न नभ्याएकाले विधानले दिएको म्यादमा पनि अब हुन नसक्ने भएपछि संविधानको राजनीतिक दलसम्बन्धी प्रावधान रहेको धारा २६९ को उपधारा ४ (ख)मा टेकेर अब थप ६ महिना लम्ब्याउने निर्क्योलमा कांग्रेस पुगेको देखिन्छ।

उक्त धारामा राजनीतिक दलले प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने अनि कारणवस नसकिएमा छ महिना थप्न सकिने उल्लेख गरिएको छ

वर्तमान परिस्थितिलाई केलाएर हेर्ने हो भने अहिले देखिएको महामारीको कारण पनि महाधिवेशन सम्पन्न गर्न सक्ने अवस्था अझै पनि देखिदैन।

अतः कोभिड–१९ महामारीका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि परिमार्जन गरिएको कार्यतालिका पुनः प्रभावित भएको छ । महामारीका कारण कांग्रेसले परिमार्जित कार्यतालिका अनुसार सम्पादन गर्नुपर्ने कामहरु सम्पन्न गर्न पनि सकिरहेको छैन । “कोभिड महामारीका कारण पाँच महिना त निषेध आज्ञा र लकडाउनमानै वित्यो। तालिकानुसार क्रियाशील सदस्यता वितरण हुन सकेन। झन्डै १० लाखको हाराहारीमा सक्रिय सदस्यको विषय वडा तहदेखि टुङ्ग्याउनुपर्ने हुन्छ। फागुन ७ देखि हुने भनिएको महाधिवेशन यसकारण गर्नसक्ने  अवस्था नभए पछि संविधान बमोजिम छ महिना अवधि थपिएको हो ।

तर पनि दोश्रो पटक नयाँ कोभिड भरियन्ट देखा परेर अहिले महामारीको रुपमा देखा परेको छ । मुलुकमा पुनः निषेध आज्ञा थपिएको अहिलेको परिवेषमा नयाँ भेरिएन्टबाट  प्राय नेता तथा कार्यकर्ता सङ्क्रमित भएका छन भने कतिको निधन पनि भएको छ। भाइरस ‘म्युटेसन’ भएपछि अझ तीव्र वेगमा फैलिन थालेको छ। त्यसैले यो “अस्वाभाविक परिस्थिति आउँदै गर्दा यो समय महाधिवेशनका लागि समयानुकुल छैन र यो अस्वाभाविक परिस्थिति हो। यस्तो अवस्थामा महाधिवेशन गर्नु भनेको कर्यकर्ताको स्वस्थ्यमा खेलवाड गर्नुहो। अतः सभापतिजी तपाईँ जतिसुकै आलोचित हुनुपरेपनि यस पटक पनि महाधिवेशन गर्ने समयतालिका रोक्नुनै बेस हुन्छ। अहिले तपाईँको सामुन्ने पार्टीकार्यकर्ताको जीवनको रक्षा ठुलोकी विधान र संविधान ? फेरि विधान र संविधानले त कोरोना महामारी भनेको चिन्दैन पनि यसलाई चिनाउनु पर्यो। विधान र संविधानको “यस्तो अवस्थाले कांग्रेस वैधानिक सङ्कटमा परिसकेको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुन जरुरी छ। फेरी अर्को तर्फ नयाँ कार्यतालिका अनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको आन्तरिक संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसको अझै ११ जिल्लामा आन्तरिक संरचना समायोजन गर्न बाँकी छ ।

यसै बीच पार्टीका तर्फबाट पटक पटक अवसर र सुविधा लिइसकेका महानुभावहरु अहिले निकै तीखो टिप्पणी गरेर हाई हाई कमउन उत्सुक राजनीतिक विश्लेषक हुन पुगेका छन् । तिनिहरुले पनि यस विषयमा नकरात्मक भन्दा सकरात्मक विश्लेषण गरेर पार्टीबाट तर चाटेर खान पाईन्छकी भन्नुभन्दा अहिलेको परिस्थितिमा पार्टी कार्यकर्ताहरुलाई कसरी बचाउने तर्फ लाग्ने हो की ? प्रसङ्ग उल्लेख गर्न उचित होला-कुनै एक विश्लेषकको “यस्तो तालले त कांग्रेस वैधानिक सङ्कटमा परिसक्यो। यो अत्यन्तै गैरजिम्मेदार र असंवेदनशील हो। केवल राजनीतिको च्याँखे थापेर कहिले मौका आउँछ भनेर पर्खिरहने भन्दा बढ्ता मैले अहिले कांग्रेसको नेतृत्वसँग हैसियत, सोचाइ र क्षमता रहेको देख्दिनँ,” भनेर टिप्पणी गरेर जुङ्गा मुसारेको पनि देखियो। यो सरासर गलतहो समय परिस्थितिलाई केलाउन पनि सक्नु पर्छ हजुर भन्नमन लगेको छ मलाईत वाहाँ जस्तो महामहिमलाई ।

के म नै हुँ ठूलो र पहिलो पङ्तिको कांग्रेस भन्नेहरुलाई थाहाछ कि अधिवेशन गर्ने भन्ने वित्तिकै माथि तह देखि गाउँ तह सम्मका सबै कृयाशील एवम् साधारण सदस्यहरु आ-आफ्ना प्रतिनिधि छान्न जम्मा हुनुनै पर्छ। कतिपय स्थानमा त सामाजिक दुरी कायम गर्न नसक्ने स्थिति पनि रहन्छ। अब भन्नोस सभापतिजी तपाईले ति कर्यकर्ताको जीवन रक्षा कसरी गर्नुहुन्छ ? जसले केन्द्रीय समितिको छनोट गर्न प्रतिनिधि पठाउँछन।

यो कुरा पनि हेका राख्न जरुरी छ की अहिले नेपालमा  चार लाखको हाहारीमा सङ्क्रमित रहेका छन् । देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका छन् । यस्तै सङ्क्रमणबाट एकै दिनमा १००/१५० सम्मको निधन भएको छ । यो नेपालका लागि निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो ।

तथ्याङ्क हेर्दा छिमेकी राष्ट्र भारतको तुलनामा नेपालमा देखिएको निधन र सङ्क्रमण  निकै भयाभय हो।  यस्तै सङ्क्रमण भएका जिल्ला ७२ पुगेकाे छ । भने सङ्क्रमितमध्ये लगभग एक हजार सघन उपचार कक्ष (आइसियु) र ४०० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

यस्तो अवस्थामा सभापतिजी तपाईले कसरी अधिवेसन गराउनुहुन्छ ?  तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । यो महामारी तत्काल साम्यहुने अवस्था पनि छैन ।

यो परिस्थितिमा कांग्रेसले विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि छनोट क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरे पनि अझै विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्न सकेको छैन ।

अहिले गाँउबस्ती, टोल छिमेकमा समेत जताततै कोरोना संक्रमितको संख्या ह्वात्यै बढेको छ। अहिले भन्ने वित्तिकै एम्बुलेन्स पाईन्न, अस्पतालमा बेड छैन, अक्सिजन छैन, औषधी पाईएन, लौन सहयोग चाहयो भनेर  आफन्तलाई गुहार्ने गरिएको छ। सहयोगको लागि बाहिर निस्कन सक्ने अवस्था छैन। सबै निरीह बनिरहेका छन्। तत्काल यो महमारीको अन्त हुने देखिदैन। अहिले यो अवस्थामा खोप पाए पनि यथास्थितिमा फर्किन लामो समय लाग्नसक्छ।  खोप पाएर सुरक्षित हुन लामो समय लाग्न सक्छ।

 यसका लागि, पर्टीले तत्काल गर्नु पर्ने दुईवटा काम देखिन्छ। संक्रमितको उपचार, अहिले अस्पतालहरुको अवस्था कहालीलाग्दो छ। अस्पतालमा बेड छैन, अक्सिजन छैन, औषधी छैन। भए पनि अति मंहगो छ। अतः संक्रमणको रोकथाम र नियन्त्रण मा पार्टि पङ्तिलाई परिचालन गर्नुपर्छ।

संक्रमितको उपचार : समुचित तवरबट उपचार गर्न पनि मुस्किल छ। किनकी हाम्रो परम्परा निकै असन्तुलित छ । जस्तो की VIP ले जे गरे पनि खुला छ। अस्पतालका बेड पनि सुरक्षित छन ।  कतिपय सरकारी एवम्  नीजि  अस्पतालहरुले  VIP का लागि भनेर बेड नै रोकेका छन । रोगले न VIP हेर्छ न सोर्स-फोर्स नै हेर्छ। कम्तिमा प्रकृतिमा जस्तै, सबैले समान रुपमा अक्सिजन र औषधीको चाँजो पाँजो तिर लाग्न बेस हुछ।

त्यसैले सभापतिज्यू लागायत नेतृत्व तहलाई मेरो आग्रह-विधान र संविधान भन्दापनि आ-आफ्ना आम नागरिक एवम् आम नागरिक एवम् कार्कर्ताको को जीवन रक्षाकालागि जुटौँ न की अधिवेसन। नियम कानुन विधान र संविधानका प्रवधानहरुलाई सङ्कटको धारा लगाएर परिमर्जन गर्न सकिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट