रिबन

ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा

आजका पत्रपत्रिकामा हिजो दिनभरको राजनितिक घटनाक्रमले मुख्य स्थान पाएका छन् भने कोरोना कहरमा आक्रान्त बनेका जनता र अस्पतालहरुमा अवस्थाबारे पनि सबै पत्रिकामा खबर छ ।
नागरिक दैनिकले अक्सिजनको अभावस् चिकित्सक झनै दबाबमा शिर्षकमा मुख्य खबर छापेको छ । कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज आपूर्ति गर्न माग गरिरहे पनि सरकारले नबुझेपछि चिकित्सक आफैं अक्सिजनको खोजीमा दौडिएका हुन् ।

त्यस्तै ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा रहेको खबरलाई पनि नागरिक दैनिक छापेको छ । नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । यो खबर आजका सबै पत्रिकामा छन् । नेपाल समाचार पत्रले पनि नेपाल समूह सामूहिक राजीनामाको तयारीमा शिर्षकमै पार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएका एमालेको खनाल–नेपाल समूहका सांसदहरूले राजीनामा दिने तयारी गरेका खबरलाई पहिलो पेजमा छापेको छ ।
अन्नपूर्ण पोस्ट्ले उपचार पाउन महाभारत शिर्षकमा कोरोना संक्रमितले उपचार पाउन नसकिरहेको अवस्थालाई चित्रण गरेको छ । देशका विभिन्न अस्पतालमा स्थलगत रिपोटिंग गरेर समाचार तयार पारिएको छ । जति संक्रमित बढ्दै छन् उति अस्पतालहरूमा बेड पाउन ‘महाभारत’ भइरहेको छ। बिरामीहरूले अक्सिजनको चर्को अभाव झेलिरहेका छन्। आईसीयू र भेन्टिलेटर सेवा सहज रूपमा पाउन सक्ने अवस्था छैन। कतिपय अस्पतालमा भेन्टिलेटर भए पनि जनशक्ति अभावमा प्रयोगविहीन छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *