देश

एमाले विभाजन रोक्न अन्तिम कसरत, बालुवाटारमा ओलीको बैठक, विष्णु पौैडेल नेपाल निवासमा

काठमाडौं । एमाले विभाजन रोक्न बिहीबार बिहानैदेखि अन्तिम कसरत सुरु भएको छ । अहिले एमालेको ओली पक्षको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकमा माधवकुमार नेपाल पक्षका नेतामाथि गरिएको कारबाही स्थगन र पार्टी एकताको विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् । पार्टी एकता कायम राख्न ओलीले नचाहे आज नेपाल पक्षका २० सांसदले राजीनामा दिने तयारी गरेका थिए । सोही कारण बिहानैदेखि अर्थमन्त्री विष्णु पौडेलको दौडधूप सुरु भएको छ ।

एमाले बैठक बालुवाटारमा सुरु हुनुअघि पौडेल नेता नेपाल निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले नै पौडेललाई वार्ताका लागि पठाएका हुन् ।

जसपाको महन्थ ठाकुर पक्षले साथ नदिँदा बहुमत पुर्‍याउन धौधौ परिरहेको विपक्षीलाई बाटो खोलिदिन नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले अन्तिम प्रयास गरिरहेको हो। नेपाल पक्षले भर्चुअल माध्यमबाट राख्न लागेको स्थायी कमिटी बैठकअघि पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्।

विश्वासको मत नपाएर ओली प्रधानमन्त्री प्रधानमन्त्रीबाट पदमुक्त बनेपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयसीमा आज राति ९ बजे सकिँदैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *