राजनीति

एमाले स्थायी कमिटीको निर्णय : माधव नेपालसहितका चार नेताको कारबाही फुकुवा

काठमाडौं । सत्तारुढ एमालेमा देखिएको किचलो मत्थर भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले पार्टी हितविपरीत लागेको भन्दै वरिष्ठ नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसहित नरहने गरी कारबाही गरेका थिए ।

आज नेता नेपाल पक्षका २० सांसदले राजीनामा दिने तयारी गरेपछि ओलीले हतारहतार कारबाही फिर्ता गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *