समाचार

नयाँ सरकार गठन प्रयास : देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी उनले शीर्ष नेताको बैठक बोलाएका हुन् ।
बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने भएको छ । यसअघि देउवाले आज बिहान जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नयाँ सरकार गठनबारे छलफल गरेका थिए । भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेका थिए ।
जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष ओलीलाई पदबाट हटाउन नयाँ समीकरण बनाएर जानुपर्ने पक्षमा छ । तर, ठाकुर र महतो अहिलेसम्म विपक्षमा थिए । सम्भवतः आजको भेटपछि ठाकुर र महतो नयाँ सरकार गठनमा सहभागी हुने बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *