खेलकुद

पेनाल्टी सुटआउटमा जित निकाल्दै पीएसजी फाइनलमा

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पीएसजी फाइनलमा पुगेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । खेलको १०औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ४५औं मिनेटमा गाइटान लाबोर्डेले गोल गर्दै मोन्टपेलियरलाई बराबरीमा ल्याए । त्यसपछि ५०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा पुनः २-१को अग्रता दिलाए । तर, ८३औं मिनेटमा एन्डी डिलर्टले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेलेका थिए ।

पेनाल्टी सुटआउटमा पीएसजीका एन्जल डी मारिया, नेयमार,जुलियन, लिन्ड्रो डानिल, मार्क्विन्होस,र मोइस किनले गोल गर्न सफल भए । मोन्टपेलियरका तेजी,एन्डी डोलेर्ट,स्टेफी,मिहाइलो,लाबोर्डेले गोल गरे भने जुनियर साम्बिया गोल गर्न चुके ।

अब पीएसजीले उपाधिका मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट