अर्थ

नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौ । नेप्सेमा दोहोरो अंकले बृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहिबार १० दसमलव १३ अंकले बढेर २६ सय ८४ दसमलव एक बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १२ अंकले बढेर चार सय ७९ दसमलव ५० बिन्दुमा चढेको छ ।

आज दुई सय १८ वटा कम्पनीहरुको ८६ हजार दुई सय ९६ पटकको कारोवारमा दुई करोड १९ लाख ५५ हजार नौ सय ४५ कित्ता सेयर खरिद बिक्रि भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्रि हुंदा कुल कारोवार रकम सात अर्ब १२ करोड ६८ लाख ८५ हजार दुई सय ८० रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहले सुचक बढेर हरियो भएको छ भने चार वटा समुहको सुचक घटेर रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव २८ अंकले बढेर १७ सय ८५ दसमलव २१ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३७ दसमलव १२ अंकले बढेर २६ सय ७७ दसमलव ९७ बिन्दुमा चढेको छ ।

यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन । ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको दिव्येश्वरी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ८७ रुपैंयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य एक दसमलव ९९ प्रतिसतले घटेर १९ हजार नौ सय ४५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ८९ रुपैयाँ अन्तिम मुल्यमा ४९ करोड चार लाख ५९ हजार सात सय २० रुपैयाँको सेयर कारोवार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *