समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही बेरमा शुरु हुदै

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही बेरमा शुरु हुदैछ ।

स्थायी कमिटी एक सदस्यले दिएको जानकारीअनुसार ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थायी कमिटी बैठक बोलाएका हुन्। गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको केही घण्टा मात्र बाकी छ ।

कांग्रेस, माओवादी र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह नयाँ गठबन्धनको पक्षमा छन् । तर, अहिलेसम्म बहुमतको अंकगणित भने जुटेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट