समाचार

२४ घन्टामा थप २१४ जनाको कोरोनाबाट मृत्यु, ८ हजार ९६० संक्रमित थपिए

काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय १४ जनाको मृत्यु भएको छ । नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको भएको हो।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १९४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा थप ८९६० जनामा संक्रमण पुष्टि भएको हो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट