समाचार

कांग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । गच्छदार पत्नी निर्मला गच्छदारको शनिवार विहन उपचारको क्रममा नर्भिक अस्पताल थापाथलीमा निधन भएको हो । कोरोना संक्रमण भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खवरले आफु मर्माहत भएको बताएका छन । देउवाले दिवंगत आत्माका चीरशान्तिको कामना गर्दै उपसभापति विजयकुमार गच्छदार लगायत शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन । यसै गरी नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरुले समवेदना व्यक्त गरेका छन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट