शिक्षा / स्वास्थ्य

शनिबार ८ हजार १७६ जनामा कोरोना संक्रमण पुष्टि,१८७ को मृत्यु

काठमाडौं । शनिबार आठ हरजार एक सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ५ सय ४८ जनाको स्वाब परिक्षण गर्दा ८ हजार १७६ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ५ हजार ४५५ जाना संक्रमित निको भएका छन । नेपालमा ३ लाख ३३ हजार १०८ जना संक्रमित निको भइसकेका छन । संक्रमित निको हुने दर ७४.४ प्रतिशत छ ।
शनिबार १८७ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण अहिलेसम्म ४ हजार ८५६ जनाको मृत्यु भइसकेको छ ।

२७ लाख ५१ हजार ४८१ जनाको स्वाव परिक्षण गर्दा ४ लाख ४७ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा कति संक्रमित ?

२४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २१४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौमा ३० हजार १२४, ललितपुरमा ५ हजार, भक्तपुरमा ७ हजार १ सय १ जना सक्रिय संक्रमित छन । काठमाडौंमा १ लाख २९ हजार ९ सय १२ जना संक्रमित निको भएका छन । काठमाडौंमा कुल संक्रमितको संख्या १ लाख ६१ हजार १३७ पुगेको छ । भने १ हजार १ सय १ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा कुल संक्रमितको संख्या १६ हजार २५० र ललितपुरमा २७ हजार ३२७ पुगेको छ । कोरोनाका कारण भक्तपुरमा २१७ र ललितपुरमा २९७ जनाले ज्यान गुमाइसकेका छन ।

कुन जिल्लामा कति संक्रमित ?
मोरङ, झापा, सुनसरी, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोटमा संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । यसै गरी कास्की, गोरखा,नवलपरासी पूर्व, तनहु, दाङ,बाँके,रुपन्देही,पाल्पा, बर्दिया,कपिलवस्तु, अर्घाखाची, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

यसै गरी ताप्लेजुङ, सर्लाही,सिराह , सप्तरी, रामेछाप, दोलखा, रसुवा, पर्वत, म्याग्दी, स्याङजा, लमजुङ, गुल्मी, रोल्पा, दैलेख,सल्यान,जाजरकोट,डडेलधुरा र डोटीमा संक्रमितको संख्या २ सयभन्दा बढी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *