मनोरञ्जन

दीपकराज गिरी भन्छन् – खतरनाक रहेछ पार्टीको झोला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेपछि चौतर्फी आलोचना भैरहेको छ ।

सो कदमलाई नेकपा ओली पक्ष बाहेक सबैले निरंकुश, असंवैधानिक र प्रतिगमन भएको बताउँदै आएका छन् । यसैबीच कलाकार दीपकराज गिरीले पनि घुमाउरो ढंगले विरोध गरेका छन् ।

‘प्लास्टिक को झोला भन्दा खतरनाक रहेछ पार्टीको झोला ,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो ! कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ !!’ गिरीले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट