फिचर

सिसिएमसीको पुनर्गठन, सिइओमा पूर्वरथी शर्मालाई नियुक्त

काठमाडौं । सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को पुनर्गठन गरेको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार कोभिड(१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो।

पुनर्गठन गरिएको सिसिएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहनेछ। सिसिएमसीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ।

पूर्वरथी शर्मासँग तत्कालीन नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजकका रुपमा पनि काम गरेका अनुभव छ । प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट