समाचार

डा. महतद्वारा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा, दोषीलाई सख्त कानूनी कारवाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवं कोभिड – १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको निन्दा गरेका छन ।

डा. महतले जेठ १३ गते भेरी अञ्चल अस्पतालमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई विरामीहरुको उपचारमा समेत गम्भीर असर परेको घटनालाई कांग्रेसले गम्भीरताका साथ लिएको छ । नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति स्वास्थ्यकर्मी माथि भएको यस्तो आक्रमणको निन्दा गर्दै सरकारसँग स्वास्थ्यकर्मीहरुको सुरक्षा र यस्ता आक्रमकजन्य क्रियाकलापहरुलाई रोकी दोसीमाथि कानूनी कारवाही सख्त गर्न पनि माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट