कला/साहित्य

राष्ट्रलाई नास्ने गलेर नाश हुन्छ

भीम रावल


अस्त र व्यस्त समाजै त्रस्त रमाउँछौ यसैमा
बेथिति अति बिगारेउ मति संकट ल्याई यो देशमा
भय र त्रास फैलाई यहाँ सबैलाई तर्साउँछौ
न्यायका हक्की देशभक्तिमाथि शब्दवाण बर्साउँछौ

षडयन्त्र जाल बुनिन्छन् तिम्रा सामन्त साथमा
अधिकार छिन्छौ विधिलाई मिच्छौ अँधेरी रातमा
अतृप्त तिम्रो सत्तामा भोक कहिले हो मेटिने
स्वाधीनतासँगै स्वाभिमान भन्ने कहाँ हो भेटिने ?

विधि र विधान नैतिकता तिमीले के साह्रो मिचेको
कुर्सीको खेलमा स्वार्थको झेलमा चुर्लम्मै डुबेको
नक्कली कुरा फैलाई सधैं नठान टिकिन्छ
जनाधिकार मास्ने, राष्ट्रलाई नास्ने गलेर नाश हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट