लुम्बिनी प्रदेश

लुम्बिनीमा उपनिर्वाचन सम्पन्न, २ सय ९७ मत खस्यो

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यकाे रिक्त एक पदका लागि मतदान सम्पन्न भएको छ ।

दाङको घोराही उपमहानगरपालिको कर्मचारी मिलन केन्द्रमा आज बिहान ९ वजेदेखि मतदान सुरु थियाे । उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन । तीन जना मतदानमा अनुपस्थित भएका छन ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले निर्वाचनको बहिष्कार गरेका थिए । यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा बिरामी भएका कारण उपनिर्वाचनमा सहभागी भएनन ।

एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट