समाचार

निषेधाज्ञाको असर पन्छीलाई

चौनपुर । संखुवासभाको प्रसिद्ध धार्मिक शक्तिपिठ सिद्धकाली मन्दिर परिसरमा मुलुक निषेधाज्ञा भएसंगै मन्दिरमा रहेका परेवाहरु मर्न तथा हराउन थालेका छन् ।

तिब्र रुपमा गाउँ गाउँ सम्म फैलिरहेको कोभिडको कारण सबैतिर लकडाउन भए सँगै मन्दिरमा नजिक तथा टाढा–टाढा सम्मका भक्तजनहरु पूजापाठ र तीर्थयात्रामा नआउँदा मन्दिरमा रहेका परेवाले चारो खान नपाई मर्नथालेपछि स्थानीय चैनपुर ३, पोखरी निवासी समाजसेवी कमानसिंह अधिकारीले मन्दिरका परेवालाई चारो दिन सुरु गरेका छन । बन्दाबन्दीको अवधिभर मन्दिरमा रहेका परेवालाई चारोपानीको व्यवस्था गर्ने अधिकारीले बताए ।


मन्दिरमा २ सय बढी परेवा रहेको मन्दिरका पुजारी टंकनाथ महन्तले बताए । पुजारी महन्तका अनुसार एक साता अघिबाट स्थानीय सरकार चैनपुरले बन्द गरेसँगै स्थानीय क्षेत्रका भक्तजनहरु मन्दिर आउन छाडेपछि मन्दिरका परेवालाई चारोको समस्या अझ बढेको हो । चारोको समस्या वन्दै गए पछि परेवाहरु मन्दिर नजिक रहेका स्थानीयवासीहरुका घरघरमा पुग्ने गरेको स्थानी समाजसेवी कमानसिह अधिकारीले बताए । यसरी चारोको लागि परेवा मन्दिर बाहिर जानेगर्दा कतिपय परेवा हराउने गरेको समेत अधिकारी बताउछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट