समाचार

जनमोर्चाका थापाले गरे सर्वोच्च अदालतमा रिट दायर, पार्टी कारबाही फिर्ताको माग

काठमाडौ । हिजो मात्र गण्डकी प्रदेशको सांसद पदबाट हटाइएका जनमोर्चाका कृष्ण थापाले आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सांसद थापाको तर्फबाट सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, लगायतका कानुन व्यवसायीले रिट दर्ता गराएका हुन् । रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको भन्दै खारेजीको माग गरिएको छ । बिहिबार मात्र पार्टी निर्णय विरुद्ध लागेको भन्दै जनमोर्चाले सांसद पदबाट हटाएको थियो े ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव विरुद्ध मतदान गर्न दिएको निर्देशनलाई अस्वीकार गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट