राजनीति

प्रदेश २ मा कांग्रेसलाई मुख्यमन्त्री !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ठाकुर समूह ओली सरकारमा सहभागी हुँदै गर्दा प्रदेश २ मा सरकार परिवर्तनको एक्ससाइज भइरहेको छ । सरकार परिवर्तनका लागि जसपाको यादव समूहले कांग्रेसको सहयोग खोजेको छ ।

प्रदेश २ को सरकार परिवर्तनकै लागि शुक्रबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेट्न पुगेका थिए । भेटमा सत्ता समीकरणबारे छलफल भएको बुझिएको छ ।

निधिलाई अध्यक्ष यादवले प्रदेश २ को सरकारमा सहभागी हुन आग्रह गरेका थिए । यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिएको र थप छलफल गर्न तयार रहेको बताएका छन् । तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरेका थिए । यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन । तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ ।

१०७ सदस्यीय प्रदेशसभामा जसपाका ५५ सांसद छन् ।जसपाको यादव पक्षसँग ३० र ठाकुर पक्षसँग २५ जना छन् । त्यस्तै नेकपा एमालेका २१, प्रदेश नम्बर २ मा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ८ जना र अन्य दुई सांसद छन् । माओवादी केन्द्रकाे ११ सा‌सद थिए । चार जनालाई निष्कासन गरेर एक जनालाई मनोनीत गरिसकेका कारण प्रदेशसभा १०४ सदस्यीय भएको छ । प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसद आवश्यक पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट